बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

नेपालले टी-२० विश्वकपको पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ। अमेरिकाको डलासमा भएको खेलमा क्यानडाले १८४ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपाल १२० रनमा समेटियो। नेपालका कुशल मल्लले ३७ रन जोडे भने अनिलकुमार शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रन बनाए। क्यानडाका डिलन हेलिगरले ४ विकेट लिए। क्यानडाका निकोशल किर्तनले सर्वाधिक ५१ रन बनाए। नेपालका अभिनास बोहराले २ विकेट लिएका थिए। नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ।

error: Content is protected !!