आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराउँदै प्रभावशाली जित हासिल गरेको छ। डल्लासमा भएको खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो। अमेरिकाका आरोन जोन्सले ४० बलमा ९४ रन बनाए भने एन्ड्रिस गसले ६५ रन बनाए। क्यानडाका लागि नवनीत दलिवालले ६१ रन बनाए। अमेरिकाले यो जितसँगै दुई अंक जोडेको छ। अर्को खेलमा वेस्ट इन्डिज र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्दैछन्। नेपालको खेल मंगलबार हुनेछ।