सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

इरानमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको चुनाव

इरानमा राष्ट्रपति चयनका लागि दोस्रो पटक चुनाव हुने भएको छ। गएको शुक्रवार भएको चुनावबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आउँदो शुक्रवार अर्थात् जुलाई ५ तारिखमा पुनः चुनाव हुने भएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

विषयवस्तुविवरण
चुनावको आवश्यकतापहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि
दोस्रो चरणको मितिजुलाई ५ तारिख
मुख्य प्रतिस्पर्धापूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियन (४२% मत) र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिली (३८% मत)
मत प्रतिशतपेजेस्कियनले ४२% र जलिलीले ३८% मत ल्याएका, बाँकी मत अरू उम्मेदवारले प्राप्त
चुनाव प्रक्रियाराष्ट्रपतिको पद सुरक्षित गर्न पहिलो चरणमा कुल मतको ५०% भन्दा बढी प्राप्त गर्नुपर्ने, अब ‘रन–अफ’ चुनावमा जसले धेरै मत ल्याउँछ, उही विजेता हुने

चुनाव मुख्यालयका अनुसार पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियन र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच मुख्य प्रतिस्पर्धा भएको थियो। पेजेस्कियनले ४२ प्रतिशत र जलिलीले ३८ प्रतिशत मत ल्याएका छन्। बाँकी मत अरू उम्मेदवारहरूले ल्याएका छन्।

इरानमा राष्ट्रपतिको पद सुरक्षित गर्न उम्मेदवारले पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ। अब चुनाव ‘रन–अफ’ मा प्रवेश गरेको छ, जसका लागि जसले धेरै मत प्राप्त गर्छ, उसले जीतको दाबी गर्नेछ।

error: Content is protected !!