आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। सरकारले तीन दिनसम्म दीपावली र कार्यक्रम गरी यो दिवस मनाउने निर्णय गरेको छ। २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाले निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता लागू भएको छ। तीन तहको सरकारले काम गरिरहेको भए पनि नागरिकमा निराशा छ। बेरोजगारी बढ्दै गएको छ र भ्रष्टाचार र अनियमितता जारी छ। नेताहरुले गणतन्त्र दिवसको शुभकामना दिँदै निराशा हटाउन जोड दिएका छन्। आज सार्वजनिक बिदा पनि दिइएको छ।