सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

टी२० विश्वकप २०२४: नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै ५४ रन बनाए।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान १ विकेट लिए। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा १९.२ ओभरमा १०६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३५ रन बनाएका थिए।

error: Content is protected !!