बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

यस अंग्रेजी वर्ष २०२४ को मे महिनामा नेपालमा ९० हजार २११ विदेशी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको तुलनामा १६.१० प्रतिशतले वृद्धि हो। सन् २०२३ मे मा ७७ हजार ७०३ पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार, भारतबाट सबैभन्दा बढी ३८ हजार २८८ पर्यटक नेपाल भित्रिएका छन्। चीनबाट ८ हजार ३८१, एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३, अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५, र युरोपेली मुलुकहरूबाट ११ हजार २१४ पर्यटक आएका छन्। अमेरिकाबाट ९ हजार ५४२, सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४, र मध्यपूर्वी देशहरूबाट ७ हजार ७८३ पर्यटक नेपाल आएका छन्।

error: Content is protected !!