बुधबार, ०३ असार २०८३
Search
Close this search box.

नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर सुनले पौडेलसँग भेट गरेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहेको भन्दै चीनको प्रशंसा गरे। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित श्रेणीबाट स्तरोन्नति हुन गइरहेकाले त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले यो जानकारी दिएको छ।

उपविदेशमन्त्री सुनले दुई देशबीच युगौँ पुरानो सम्बन्ध रहेको भन्दै सहयोग विस्तारमा चीन सकारात्मक रहेको प्रतिक्रिया दिए।

सुनले बुधबार नै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गर्ने कार्यक्रम छ। उनको प्रतिनिधिमण्डल बुधबार नै स्वदेश फर्किनेछ।

error: Content is protected !!