काठमाडौं: आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ। नेपाल भलिबल सङ्घका अनुसार पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल हुँदैछन्। पुरुषतर्फ हेल्प नेपाल र बूढानीलकण्ठ, पुलिस क्लब र सुदूरपश्चिम, एपीएफ र गण्डकी, र आर्मी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
महिलातर्फ एपीएफ र चन्द्रागिरी तथा पुलिस र आर्मीबीच खेल हुनेछ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ। लिग चरणपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ। विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन्।