सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

इजरायल रोजगार भर्ना प्रक्रिया विवादमा, आवेदन म्याद १० दिन थप

इजरायलमा रोजगारीमा पठाउने श्रमिकको भर्ना प्रक्रिया विवादमा परेपछि वैदेशिक रोजगार विभागले आवेदन दिने म्याद १० दिन थप गरेको छ। ब्रिटिस काउन्सिलले फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को परीक्षा आवेदन खुला गरेपछि सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न इच्छुकसँग आवेदन लिने अन्तिम मिति पनि १० दिन थपेको हो।

वैदेशिक रोजगार विभागले ११ असारमा ८०० जनाको श्रमिक छनोटका लागि आह्वान गरेको सूचनाअनुसार २१ दिनको मात्रै म्याद थियो। अब विभागले १० दिनको म्याद थपेर ११ साउनसम्मका लागि थपेको छ। विभागका महानिर्देशक डण्डुराज घिमिरेले एक सूचना प्रकाशित गर्दै भर्ना आवेदनको म्याद १० दिन थपिएको जानकारी दिएका छन्। उनले १ साउनसम्म ब्रिटिस काउन्सिलमा भाषा परीक्षाको टेस्टको आवेदन दिन सूचित गरेका छन्।

यसअघि काउन्सिलले २१ असारदेखि भाषा परीक्षाको आवेदन बन्द गरेको थियो। तर, बुधबार रातिदेखि आगामी १ साउनसम्मका लागि परीक्षा आवेदन खुलेको हो। अब एफईटीको परीक्षा लिन थालिएको छ। अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्र अनिवार्य भनिएको छ। विभागले सूचनामा अंग्रेजी भाषा परीक्षण प्रमाणपत्रका रुपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को कम्तीमा ‘ए २ लेभल’को प्रमाणपत्र तोकिएको व्यवस्था अनिवार्य गरेको छ। तर, आवेदन अवधिमै परीक्षा फारम बन्द गरिएको थियो। फारम भर्न नपाएपछि इच्छुक उम्मेदवारले परीक्षा दिन खोज्दासमेत नपाउने अवस्था उत्पन्न भएको थियो।

आवेदन दिंदा नै ब्रिटिस काउन्सिलबाट ‘एफईटी’मा ए २ लेभल उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य गरेर परीक्षा फारम बन्द गरिएपछि इजरायलको रोजगार भर्ना प्रक्रिया विवादमा फसेको छ। इजरायलको आवेदनमा अनिवार्य गरिएको ‘एफईटी ए २ लेभल’ बेसिक इंग्लिस कोर्स बराबरको हो। तर, ब्रिटिस काउन्सिलकै प्रमाणपत्र मागेर सरकारले नै परीक्षा बन्द गर्न ब्रिटिस काउन्सिललाई दबाब दिएको थियो।

ब्रिटिस काउन्सिलको प्रमाण पत्र मागिएको २१ दिनको सूचना निकालेर परीक्षा लिन चाहँदा भने दिनै नपाइने अवस्था बनाइएपछि सरकारको नियतमाथि प्रश्न उठेको थियो।

आवेदन म्याद थपको जानकारी

आवेदन खुल्ने मितिआवेदन बन्द मितिम्याद थपिएको मिति
११ असार२१ असार११ साउन

अंग्रेजी भाषा परीक्षणको जानकारी

परीक्षणआवश्यक लेभलआवेदन दिनुपर्ने मिति
फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी)ए २ लेभल१ साउन
error: Content is protected !!