सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

गण्डकीमा सत्ता परिवर्तन र मनाङेको निर्णायक भूमिका

२०७८ जेठ २९ गते तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेर कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकार बनेको थियो। गण्डकीको पहिलो सत्ता फेरबदलमा निर्णायक भूमिका निर्वाह गरेका थिए, दीपक मनाङे।

मनाङेले माओवादी–एमाले एकता पछि पृथ्वीसुब्बालाई दुई तिहाइ बहुमत दिलाए। नेकपा विभाजनपछि स्वतन्त्र बनेका उनले कांग्रेस गठबन्धनलाई साथ दिएर कृष्णचन्द्र नेपालीको सरकार बनाउन महत्वपूर्ण भूमिका खेले।

मनाङेले पटक–पटक खेलकुदमन्त्री पद पाएका थिए। पछिल्लो समय ४ मंसिर २०७९ मा स्वतन्त्र हैसियतमा सर्वसम्मत निर्वाचित भई छैटौं पटक मन्त्री बनेका छन्।

मनाङेविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्धा विचाराधीन छ। सो मुद्धामा जे पनि हुन सक्ने भन्दै एमाले–माओवादीले मनाङेलाई कांग्रेसतिर जान रोक्ने प्रयास गरेका थिए।

मनाङेले २४ जेठको पेशीपछिमात्र निर्णय गर्ने वचन पाण्डेलाई दिएर, कांग्रेसको समर्थन जुटाए।

मनाङेले शपथ पछि विभिन्न विवादमा परे। तर, सत्ताको जोड–घटाउमा निर्णायक बनेर छैटौं पटक मन्त्री भएका छन्।

error: Content is protected !!