सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

गृहमन्त्री लामिछानेमाथि छानविन हुन्छ : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन हुने बताएका छन्। उनले सहकारी संस्था बचत रकम अपचलन मामिलामा संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेलाई बयानमा बोलाएर कानूनी कारबाहीको लागि सिफारिस गर्ने बताए।

प्रतिनिधि सभा बैठकमा उनले सूर्यदर्शन सहकारीलगायतका सहकारीहरूबाट गोर्खा मिडियाले लिएको रकमको छानविन गर्नुपर्ने बताए। उनले गोर्खा मिडिया सञ्चालन गर्ने सबै व्यक्तिहरूलाई छानविन गरी कानूनी कारबाही गर्न समितिले सिफारिस गर्ने विश्वास व्यक्त गरे।

थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने कुरा जोड दिए। उनका अनुसार समितिले सहकारी र गोर्खा मिडियाको खाता पल्टाएर अध्ययन गर्नेछ।

error: Content is protected !!