सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

चेक बाउन्समा रुकुम पश्चिमका पत्रकार विष्ट पक्राउ

जाजरकोट: चेक बाउन्सको अभियोगमा रुकुम पश्चिमका पत्रकार अर्जुन विष्ट पक्राउ परेका छन्। बारेकोट गाउँपालिका-९ लैखमकी विष्णु भण्डारीले चेक बाउन्सको उजुरी दिएपछि विष्ट पक्राउ परेका हुन्।

रुकुम पश्चिम आठविसकोट नगरपालिका-९ निवासी ३० वर्षीय विष्टलाई गत बुधवार जाजरकोट प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। सौर्य दैनिकका संवाददाता तथा ताजा पत्रिकाका प्रधान सम्पादक रहेका विष्टलाई बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। प्रहरी प्रवक्ताले कति रकमको चेक बाउन्स भएको हो भन्ने विवरण खुलाउन चाहेन। यस घटनाले पत्रकारिता क्षेत्रमा समेत चर्चा पाएको छ।

error: Content is protected !!