शनिबार, ०६ वैशाख २०८२
Search
Close this search box.

नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन्। काठमाडौं महानगरपालिका–३ को अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले अबको तीन वर्ष पार्टी पुनःनिर्माण र सशक्तिकरणको समय भएको बताए।

उनले भने, “कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ।” साथै, थापाले राष्ट्रिय अर्थतन्त्रलाई सुधार्न कांग्रेसले पहलकदमी लिने र जनतासँग संवाद बढाउने बताए। अन्य नेताहरूले पनि संगठन सुदृढिकरणको आवश्यकता औंल्याए।

error: Content is protected !!