आइतबार, ०७ पुष २०८१
Search
Close this search box.

भारत श्रीलङ्कासँग दोस्रो एकदिवसीय क्रिकेटमा पराजित

श्रीलङ्कामा भएको दोस्रो एकदिवसीय क्रिकेटमा भारत घरेलु टोलीसँग पराजित भएको छ। कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा हिजो भएको खेलमा श्रीलङ्का भारतसँग ३२ रनले विजयी भएको हो। जितसँगै श्रीलङ्काले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ। यसअघि गएको शुक्रबार भएको पहिलो खेल बराबरीमा सकिएको थियो।

हिजोको खेलमा श्रीलङ्काले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर २ बलमा अल आउट हुँदै २ सय ८ रन मात्र बनायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो।

भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट पर्सि बुधवार हुनेछ।

error: Content is protected !!