बुधबार, ०३ असार २०८३
Search
Close this search box.

नेपालमा मनसुन सुरु भएदेखि १७ दिनमा २८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार ३३ जिल्लामा १४७ विपद्‌का घटनाहरू भएका छन्। पहिरोबाट १४ जनाको मृत्यु, १२ जना घाइते, र २५ घरमा पूर्ण क्षति भएको छ। चट्याङबाट १३ जनाको मृत्यु, २४ जना घाइते भएका छन्। बाढीका कारण मोरङमा एक जनाको मृत्यु र सप्तरीमा दुई जना घाइते भएका छन्। पहिरोले ६९ लाख रुपैयाँ र चट्याङले १७ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।

error: Content is protected !!