बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

‘मिस्टर नेपाल २०२४’ को खोजी शुरु भएको छ। आयोजक नेक्स्ट मोडल्सले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो। प्रतियोगितामा १८ देखि ३२ वर्षसम्मका युवाहरू सहभागी हुन सक्नेछन्। आवेदन ई सेवा, नेक्स्ट मोडल्स नेपालको कार्यालय, वा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिन्छ। सहभागी हुन ५ फिट ७ इन्च उचाइ भएको नेपाली नागरिक हुनुपर्नेछ। असारको अन्तिम साताबाट देशभर अडिसन हुनेछ। अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाको तयारी कक्षामा विभिन्न प्रशिक्षण दिइनेछ। शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

error: Content is protected !!