सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवामा गोसाइँकुण्ड मेला गङ्गा दशहरा पर्वअन्तर्गत सुरु भएको छ। पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासमा भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन्। ४,३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डमा बुधबारदेखि एक हजारभन्दा बढी भक्तजनले आरोहण गरेका छन्। तीर्थालुको चापलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए। यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ।

error: Content is protected !!