सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

राष्ट्रिय परिचयपत्र विभागद्वारा काठमाण्डौका विभिन्न वडा कार्यालयमा नयाँ स्टेसन सञ्चालन

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाण्डौ महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकामा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विभिन्न वडा कार्यालयबाट विवरण सङ्कलन गर्न लागिएको हो।

विभागले काठमाण्डौ महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वयम्भू, र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गर्ने भएको छ। यी स्टेसनहरूले सामाजिक सुरक्षा भत्ता नविकरणको कार्यसमेत सहजिकरण गर्नेछन्।

विभागका अनुसार यो कामलाई सफलतापूर्वक सञ्चालन गर्न सम्बन्धित वडा कार्यालयलाई उपयुक्त कार्यकक्ष र जनशक्तिको व्यवस्थापनका लागि आग्रह गरिएको छ। यस कदमले काठमाण्डौवासीलाई आफ्नो विवरण दर्ता गर्न र सामाजिक सुरक्षा भत्तासम्बन्धी सेवा पाउन थप सहज बनाउने अपेक्षा गरिएको छ।

error: Content is protected !!