शनिबार, २७ पुष २०८१
Search
Close this search box.

राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद्अन्तर्गत सोमबार राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्नेछ।

बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।

त्यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले “मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस बैठकमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने प्रस्ताव महत्वपूर्ण छ, जसले गर्दा देशभर सवारी सुरक्षा सुधार्न नयाँ नियम र नीतिहरू लागू गर्न सकिन्छ। यसैगरी, सुरक्षण मुद्रण सम्बन्धी विधेयक र मिडिया काउन्सिल विधेयकले पनि विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनेछ।

यो बैठकले नेपालका नागरिकहरूको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण विषयहरूमा छलफल र निर्णय गर्ने अपेक्षा गरिएको छ।

error: Content is protected !!