सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

श्री एयरलाइन्सको जहाज इन्धनको गन्धका कारण पार्किङमा फर्काइयो

आज काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज इन्धनको गन्ध आएपछि धावनमार्गबाट पार्किङमा फर्काइएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ नम्बरको ९ एनएएनएस जहाजमा समस्या देखिएपछि थप प्राविधिक परीक्षण गर्न जहाज फिर्ता गरिएको हो। विमानस्थल तालिका अनुसार जहाज ८:२५ मा उडान भर्नु पर्ने थियो। एयरलाइन्सले यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन अर्को जहाज पठाउने तयारी गरिरहेको छ।

error: Content is protected !!