बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न भिसा दिन माग गर्दै काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन्। अमेरिकाले भिसा नदिएको भन्दै समर्थकहरूले बुधबार माइतीघरबाट नयाँ बानेश्वरतर्फ र्‍याली निकाले। उनीहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जान तयारी गरेका थिए।

अदालतले निर्दोष सावित गरेका सन्दीपलाई विश्वकप खेल्नबाट रोकिएकोमा समर्थकहरू आक्रोशित छन्। बलात्कार आरोपबाट सफाइ पाएपछि सन्दीपलाई विश्वकप खेल्ने बाटो खुलेको थियो। तर, भिसाको समस्या आएपछि उनले विश्वकप गुमाउन सक्ने सम्भावना छ।

टी–२० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ भने नेपाली टोली अमेरिकामा अभ्यास खेल खेलिरहेको छ।

error: Content is protected !!