सरकारले भारत, अमेरिका, र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे, र बेलायतका लागि डा. विजन पन्तलाई सिफारिस गर्ने निर्णय गरेको हो। पूर्व मुख्यसचिव रेग्मीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायतका लागि राजदूत बनाएको थियो, तर हाल उनलाई भारतका लागि सिफारिस गरिएको छ।